टीकापुरका २ ट्राफिक प्रहरी पोष्टद्वारा २५ लाख राजस्व संकलन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका क्षेत्रका रहेका २ वटा ट्राफिक प्रहरी पोष्टले आर्थिक वर्ष २०७८ ०७९मा एक वर्षका ४ हजार ३५८ बटा सवारी साधनलाई कारबाही गरेर साढे २५ लाख राजस्व संकलन गरेका छन् ।
टीकापुर नगरपालिका–१ टीकापुरमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले २ हजार सय ३५ मोटरसाइकल, १४२ वटा ट्रक, ३४ वटा बस, ७९ वटा कार, १७९ वटा ट्याक्टर र अटो रिक्सा ५९ वटालाई कारबाही गरेर १९ लाख ६५ हजार २०० रुपैयाँ राजस्व संकलन गरेको पोष्टका इन्चार्ज प्रहरी नायव निरीक्षक विनोदप्रसाद जोशीले जानकारी दिए ।
टीकापुर नगरपालिका–७ सत्तीमा रहेको ट्राफिक प्रहरी पोष्टले ट्रक ६८ वटा, बस ३६ वटा, जिप ५५ वटा, ट्याक्टर १०९ वटा, मोटरसाइकल ६७६ वटा र अटो रिक्सा ६ वटा कारबाही गरेर ५ लाख रुपैयाँ राजस्ज संकलन गरेको पोष्टका इन्चार्ज प्रहरी हवल्दार तारा विष्टले बताए । एक वर्षको अवधिमा टीकापुर क्षेत्रमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ रहेको छ भने १५ जना घाइते भएका छन् ।