नेपालगन्ज विमानस्थल हुँदै काठमाडौंमा लागूऔषध तस्करी

नेपालगन्ज : नेपालगन्ज विमानस्थल हुँदै काठमाडौंमा लागूऔषध तस्करी हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार नेपालगन्जबाट काठमाडौं जाने विमानबाट लागूऔषध (ब्राउनसुगर) लैजाने तयारीमा रहेका एक व्यक्तिलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलबाट ब्राउनसुगर सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका शाहको साथबाट ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । शनिबार अपरान्ह २ः१० को यति एयरलाइन्सको विमानद्वारा काठमाडौं जान लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले शाहलाई २ः०५ मा यात्रु आराम कक्षमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।