गुल्मेली समाज बाँकेको अध्यक्षमा न्यौपाने निर्वाचित

गुल्मेली समाज बाँकेको नवनिर्वाचित टिम । फोटो सौजन्य : पूर्णलाल चुके

नेपालगन्ज : गुल्मेली समाज सेवा समिति बाँकेको अध्यक्षमा हरिलाल न्यौपाने निर्वाचित भएका छन् ।
समाजको शनिबार सम्पन्न ५औं जिल्ला अधिवेशनमा संस्थाका सल्लाहकार पूर्णलाल चुकेको अध्यक्षतामा संस्थापक अध्यक्ष लक्ष्मण गौतम र सल्लाहकार नारायण ज्ञवाली सदस्य रहेको अध्यक्ष मण्डलले न्यौपानेको नेतृत्वमा १६ सदस्यीय समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुन्छ ।
समाजको उपाध्यक्ष भीमलाल कँडेल, सचिव हिमनाथ पौडेल र कोषाध्यक्षमा प्रदीप सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रकाश गौतम, निलम ज्ञवाली, आरती गौतम, बलबहादुर दगामी, कमला गौतम, महेश ज्ञवाली, ठगीराम भण्डारी, दुर्गाप्रसाद काफ्ले, राजकुमार सापकोटा, कुञ्ज मणि पोखरेल र झविलाल शर्मालार्ई चयन गरेको छ ।
संस्थाका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन शत्रका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले एसइइ परीक्षा–२०७८ मा उत्कृष्ट अंक ल्याई बाँके जिल्ला प्रथम भइ उत्तीर्ण हुने बालिका शिक्षा काफ्लेलाई पाँच हजार नगदसहित प्रशंसा पत्र र संस्थाको आजीवन सदस्यता पनि वितरण गरेका थिए । अधिवेशन समापनपछि तीजको दर खाने कार्यक्रम गरिएको थियो । महिलाहरुले सामूहिक नृत्य गर्दै रमाएका थिए ।