हुलाक सुधार्ने पाण्डेलाई नेपाल सरकारको निजामती सेवा पुरस्कार

नेपालगन्ज : निजामति सेवामा उपल्लो तहको ठूलै पद, धेरै सेवाग्राही भएको कार्यालय र कार्यालयमा प्रसस्त रुपमा वार्षिक बजेट नभए पनि राम्रो काम गर्न सकिन्छ भन्ने हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डेले स्थापित गरेका छन् । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा दिवसको अवसरमा बुधबार नेपाल सरकारले पचास हजार राशीको निजामती सेवा पुरस्कार–२०७९ प्रदान गर्ने निर्णय गरेको हो ।
पाण्डेले जिल्ला हुलाकका साथै ११ वटा इलाका र ३५ वटा अतिरिक्त हुलाक कार्यालयका भौतिक संरचना निर्माण, सेवा प्रवाहमा सुधार, द्रुत हवाई डाँक सेवा, हुलाक बचत बैंकमा बचत बृद्धि, जनशक्तिको क्षमता विकास लगायतका कामको मूल्यांकन गरेर क्षमतावान, इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकको रुपमा पुरस्कृत भएका हुन् । पाण्डे नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझी बस्छन् ।

पाण्डे यसअघि इन्ट्रीग्रिटी आइकन २०२० को टप–१५ मा पनि छनोट भएका थिए । एकाउन्बीलिटी ल्याबमा देशभरबाट प्रतिस्पर्धा गरेका एक हजार पाँच सय दुई कर्मचारीबीचको प्रतिपर्धामा हुलाक अधिकृत पाण्डे उत्कृष्ट १५ राष्ट्र सेवकका रुपमा छनोट भएका हुुन् ।