सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा सिकलसेल साुमदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ । जानकी गाउँपालिका वडा नम्वर ३ मा स्थापना गरिने सिकलसेल साुमदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको बिहिबार शहरी विकास मन्त्री मेटमणी चौधरीले शिलान्यास गरेका हुन ।
पश्चिम तराईका थारू समुदायमा जटिल स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल रोगको उपचारका लागि स्थापना गरिने अस्पतालको शिलान्यास गर्दै मन्त्री चौधरीले अस्पताल स्थापनाले सिकलसेल एनिमियाका विरामीलाई राहत हुने बताए ।
अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने बजेटको सहरी विकास मन्त्रालयवाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री चौधरीले भवन निर्माणसंगै जनशक्ती व्यवस्थापन, अन्य पुर्वाधार, अस्पताल व्यवस्थापन लगायतमा सबैको हातमालोको जरुरी रहेको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर, प्रशान्त विष्ट, जानकी गाउँपालिकाका प्रमुख छब्बन खाँ, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री लगाएको उपस्थिती रहेको थियो ।