जनता मावि खजुराका पूर्वविद्यार्थी संगठित, झविलाल शर्माको नेतृत्वमा समिति गठन

नेपालगन्ज : बाँकेको खजुुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी संगठित भएका छन् ।
पूर्वविद्यार्थीको विद्यालय परिसरका शनिबार सम्पन्न बृहत् भेलामा रेडक्रसकर्मी झविलाल शर्मा अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको हो ।
कार्य समितिमा उपाध्यक्ष पूर्णचन्द्र उपाध्याय, सचिव ई. विवेक लामिछाने, सह सचिव सुजाता खरेल, कोषाध्यक्ष ऋचा श्रेष्ठ र सह कोषाध्यक्षमा रत्ना कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रचण्ड गौतम, बिष्णु पौडेल, कुन्ता खत्री, लक्ष्मी केसी ओली, महिला सदस्य लक्ष्मी केसी र सीता बोहरा, गैरआवासीय र अन्तर्राष्ट्रिय सदस्य किरण शाह र पदेन सदस्य सचिव टंकनाथ दाहाल चयन भएका हुन् । डा. पिताम्वर सुवेदी, डा. जीतबहादुर चन्द, डा. प्रचण्ड गौतम, भुवन गैरे, राजेन्द्र आचार्य, खडानन्द भट्टराई र लालबहादुर खत्री र दिलबहादुर पौडेल सल्लाहकार समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केरसिङ थापा र विद्यालयका प्राचार्य महेन्द्रकुमार खत्रीलाई संरक्षक बनाइएको छ ।