डिजिटल सिङ्गिङ आइडलको अडिसन सुरु

नेपालगन्ज : नेपालगन्जमा उज्यालो सिङ्गिङ आइडल आयोजना हुँदैछ ।
पश्चिम नेपालका नयाँ प्रतिभाको खोजी गर्र्न उज्यालो मिशन मिडिया प्रालिले दश तिहारका अवसरमा डिजिटल सिङ्गिङ आइडल आयोजना गर्न लागेको हो ।
उज्यालो मिडियाका सञ्चालक विपिन खड्काका अनुसार प्रतियोगिता पूर्ण रुपमा डिजिटल माध्यमबाट हुने र विजेतालाई एक लाख रुपैयाँ बराबरको गीत रेकर्डिङ तथा भिडियो निर्माण गरिदिने खड्काले बताए । आइडलको लागि फारमसँगै अडिसन सुरु भैरहेको खड्काले बताए । जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ र कैलालीबाट प्रतियोगीहरु सहभागी भइरहेका छन । फिनालेमा अनलाइन माध्यामबाट छनोटमा परेका टप १० प्रतिष्पर्धी सहभागी हुनेछन् । फारम भर्ने र अडिशन दिने अन्तिम मिति असोज १५ गतेसम्म रहेको छ ।