सत्ती-कर्णाली सामुदायिक वनमा पुरुषको शव फेला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ ।
टीकापुर नगरपालिका–७ मा रहेको सत्ती कर्णाली सामुदायिक उपभोक्ता समूहको वन क्षेत्रमा बिहीबार एक जना अज्ञात पुरुषको शव फेला परेको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालले जानकारी दिए । सामुदायिक वनले दाउरा संकलनका लागि बाटो बनाउने क्रममा शरीरमा लुगा नभएको र पेन्टी मात्रै लगाएको चौधरी समुदायको जस्तो देखिने ३५ वर्षका पुरुष रहेको रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ । शव पहिचान गरि लैजान इलाका प्रहरी कार्यालय टीकापुरले अनुरोध गरेको छ ।