सर्वोच्चद्वारा राष्ट्र बैंकलाई व्याजदर बृद्धि गर्नुपर्ने कारण देखाउ आदेश

नेपालगन्ज : सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नाममा पटक पटक व्याजदर बृद्धि गर्नुपर्ने कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ताहरु अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले मंगलबार दायर गरेको उत्प्रेषण, परमादेश रिट निवेदनको सुनुवाइ गर्दै न्यायधीश डा. कुमार चुडालको एकल इजलासले विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । बुधवार सुनुवाइको क्रममा निवेदककोतर्फबाट अधिवक्ताहरु अर्जुनकुमार अर्याल, हुमबहादुर खत्री, बाबुराम खड्का र दीपक विक्रम मिश्रले बहस गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेतलाइ विपक्षी बनाइएको छ ।