सांसद खत्रीले ३ बालबालिकालाई ५ वर्षसम्म पढाउने

नेपालगन्ज : लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न तीन बालबालिकालार्ई पाँच बर्षसम्म पढाउने घोषणा गरेका छन् ।
बाँके क्षेत्र नं. ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खत्रीले आइतबार नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीको बैठकमा दलित मधेसी–मुस्लिम र थारु समुदायका १/१ जना गरी ३ जना विद्यार्थीको ५ वर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी आफूले वहन गर्ने घोषणा गरेका हुन् । एमाले बाँकेका सचिव समेत रहेका सांसद खत्रीले पार्टी कमिटीले अति विपन्न घरपरिवारका बालबालिकाको पहिचान गरि छनौंट गर्ने बताए ।