नेपालगन्जका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान, २ जनालाई विदाइ

नेपालगन्जमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान । फोटो : जागेश्वर बस्नेतको फेसबुकबाट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
१९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सोमबार नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् ।

शीला घर्ती मगर जिसी, शारदा सिंह ठाकुर, विनिता गोडिया, सकुन्तला नेपाली, सरस्वती बाहुन, रामजानकी काँदु, विन्देश्वरी जैसवाल, सुशीला यादव, किस्मतुल भुजवा, सुनिता राढ र साल्मा बेगम राईलाई सम्मान गरिएको हो ।

नेपालगन्ज– २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारले ६० वर्ष पुगेकाले अवकाश पाएका छन् । अवकाश पाएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाइ गरिएको हो ।

सम्मान कार्यक्रममा नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको जानकारी दिए । सम्मान अघि बिहान नेपालगन्जमा -याली निकालिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।