चिसो नेपालगन्जलाई नेपथ्यको सांगितिक न्यानो

नेपालगन्ज : नेपालको लोकप्रिय सांगीतिक समूह नेपथ्य व्याण्डले नेपालगन्जमा ११ वर्षपछि लाइभ कन्सर्ट गरेको छ ।
नेपालगन्ज रंगशालामा परिसरमा खुला आकासमा भव्य मञ्च बनाएर मानवताका लागि सांगितिक कार्यक्रम अन्तरगत नेपथ्यले लाइभ कन्सर्ट गरेको हो । नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले…रेशम, भेडाको ऊनजस्तो, तालको पानी, छेक्यो छेक्यो देउराली डाँडा, उडायो रेलैले, जोमसोमे बजार, गाउँगाउँबाट उठ, तालको पानी माछीले खाने जस्ता एक दर्जन बढी कर्णप्रिय गीत गाए । दर्शकलाई पनि नचाए । लाइभ कन्सर्टमा गुरुङलाई सुरज थापालगायत शान्ति रायमाझीले मादल, निरज गुरुङले गिटार, सुविन शाक्यले बेस गिटार, धु्रव लामाले ड्रम बजाएर साथ दिएका थिए ।

गायक गुरुङले गीत मात्र गाएनन् । गाउँदा गाउँदै नाच्थे । उफ्रिन्थे । दर्शकलाई नचाउन उत्प्रेरित पनि गर्थे । बेला बेलामा गीत, संगीत, देशको सांस्कृतिक विविधता, राष्ट्र र राष्ट्रियता अनि मानवताको विषयमा उत्प्रेरक विचार पनि प्रस्तुत गर्थे । हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले नेपालगन्जलगायत देशका सातै प्रदेशका १९ वटा जिल्लामा २३ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । नेपालगन्ज आश्रमको आफ्नै शाखा भवनको निर्माण आश्रमले कन्सर्ट अवलोकन गर्नका लागि प्रतिब्यक्ति १ हजार र विद्यार्थीका लागि प्रतिब्यक्ति ५ सय रुपैयाँ तोकिएको थियो । साँझ ६ बजेबाट सुरु भएर रातिको ठीक ८ बजेसम्म कन्सर्ट चलेको थियो ।