४ महिनामा बाँकेका उद्योगले गरे सवा एक करोडको प्लाइउड भारत निर्यात

नेपालगन्ज : बाँकेका तीन प्लाइउड उद्योगले चालु आर्थिक वर्षको चार महिनामा सवा एक करोड रुपैयाँको प्लाइउड भारत निर्यात गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीराज शर्माका अनुसार नेपालगन्ज भन्सारबाट साउन, भदौ, असोज र कार्र्तिक मसान्तसम्म एक करोड १८ लाख २१ हजार ७६२ रुपैयाँ प्लाइउड भारतमा निकासी गरेको छ । बाँकेको गणपति प्लाइ, यो–यो प्लाइ र ओम प्लाइउडले भारतमा निकासी गरेका हुन् । प्लाइउड भारत निकासी गर्दा पनि भन्सार कार्यालयलाई एक हजार ९१२ रुपैयाँ मात्र राजस्व संकलन भएको छ । सूचना अधिकारी शर्मा भन्छन्, ‘एक पटक निकासी पर्दा लाग्ने भनेकै ११३ रुपैयाँ मात्र हो । त्यो भन्दा बाहेक अरु केही पनि तिर्नु पर्दैन ।’