एन्फा बाँकेको उपाध्यक्षमा देवेन्द्र र सुशील मनोनित

नेपालगन्ज : बाँके जिल्ला फुटबल संघ (एन्फा)ले मानार्थ उपाध्यक्षमा देवेन्द्र खड्का र सुशील मल्ललाई मनोनित गरेको छ ।
बाँके जिल्ला फुटबल संघको शनिबार बसेको बैठकले जिल्लाको फुटबल विकासमा योगदान गरेका धम्बोझी क्लब नेपालगन्जका अध्यक्ष खड्का र पूर्वफुटबल खेलाडी मल्ललाई मनोनित गर्ने निर्णय गरेको हो । खड्काको नेतृत्वमा धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट कपमा उप–विजेता बन्दै राष्ट्रिय लिग फुटबलका लागि छनोट हुन सफल भएको थियो । खजुरा गाउँपालिका वडा नम्बर २ ‘ए’ गाउँ निवासी मल्ल रोजगारीको सिलसिलामा जापानमा भए पनि बाँके जिल्लामा फुटबल प्रतियोगिता र फुटबल खेलको विकासमा योगदान गर्दै आएका व्यक्ति हुन् ।