महापुरुष फिल्मले मनायो ५१औं दिन !

नेपालगन्ज : नेपाली फिल्म महापुरुषले ५१औं दिन मनाएको छ ।
नेपालगन्जको बागेश्वरी क्यूएफएक्सले शनिबार फिल्म ५१आंैं दिनसम्म चलेको अवसरमा चलचित्र पत्रकारलाई डाकेर केक काटेको थियो । चलचित्र पत्रकार संघ बाँकेको संयोजनमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंले नेपाली सिनेमा ५१औं दिन चलेर फिल्मकर्मीलाई उत्साह थपेको बताए । उनले फिल्मको सफलताको कामना गरे ।
अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका (बालकृष्ण क्षेत्री)रहेको फिल्ममा एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथालाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्टसको व्यानरमा निर्माण भएको महापुरुषमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्मको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री हुन् । छायांकन दीपक बज्राचार्य र सम्पादन मित्र गुरुङले गरेका छन् । फिल्ममा राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइलीको अभिनय रहेको छ ।