विश्व कप फुटबल फाइनल : पहिलो हाफमै अर्जेन्टिनाको २ गोलको अग्रता

नेपालगन्ज : विश्व कप फुटबल प्रतियोगिताको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ ।
डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पहिलो हाफको ३६ मिनेटभित्रै अर्जेन्टिनाले २ गोलको अग्रता लिएको हो । २३ औं मिनेटमा मेसीले पेनाल्टीबाट गोल गर्दै विजयी सुरुवात गरेका थिए । यो गोलसँगै मेसीले यो विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म सर्वाधिक ६ गोल गर्ने खेलाडी बनेका छन् । फ्रान्सका एम्बाप्पेले अहिलेसम्म पाँच गोल गरेका छन् । खेलको ३६आंै मिनेथटमा एञ्जेल डी मारियोले अर्को गोल गरेर अग्रता दिएका थिए । अजेन्टिनाले फ्रान्सलाई दवाबमा राखेर अहिले दोस्रो हाफ खेलिरहेको छ ।