चाइना फाउण्डेसनद्वारा नरैनापुरको आदर्श माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
ग्रामीण विकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले बिहीबार आदर्श माविका मधेशी, दलित र मुस्लिम समुदायका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयका ५४० विद्यार्थीलाई कापी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामग्री उपलब्ध गराइएको छ । बेसकी केन्द्रीय सदस्य संगिता थारुले विद्यार्थीलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री वितरण गरेको बताइन् । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सहयोगले गरिव तथा विपन्न वर्गका विद्यार्थीलाई मद्दत पुगेको बताए ।