बाँके-३ को विकासमा सांसद खत्रीको पहल सुरु

नेपालगन्ज  : लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले बाँके क्षेत्र नं. ३ को विकास निर्माणमा पहल गर्न सुरु गरेका छन् ।
बाँके क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खत्री बुधबार पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख गोविन्द महतारासहित बैजनाथ र खजुरा गाउँपालिकाका विभिन्न वडामा पुगेका हुन् ।
बैजनाथमा उनले सडक तथा पक्की पुल निर्माणको बारेमा स्थलगत अवलोकन गरेका थिए । सांसद खत्रीको पहलमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डीपीआर बनाउने भएको छ । सांसद खत्रीले खजुरा गाउँपालिका वडा नम्बर ४ को ईगाउँदेखि बैजनाथको वडा नम्बर ७ पेडारी जोड्ने सडकको निर्माण अवस्थाबारे जानकारी लिएका थिए । प्रदेशको गौरबको योजना रहेको यो सडकका लागि बजेट ब्यवस्थापन गरि तत्कालै कालेपत्रेको रुपमा निर्माण कार्य अघि बढाउन पहल गर्ने उनले बताए ।