लुम्बिनी प्रदेशसभा सदस्यद्वारा सपथ ग्रहण

दाङ : लुम्बिनी प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नवनिर्मित प्रदेशसभा भवनमा प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । सपथ ग्रहणका क्रममा सांसदहरुले विभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकमा सजिएका थिए ।


पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव दुर्लभ पुनले गरेका थिए । भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सांसद हुन् । प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्नेछन् ।