जाडोमा नेपालगन्जको न्यानो (फोटो फिचर)

नेपालगन्ज : शीतलहरले चिसिएको नगरमा नेपालगन्ज उपमहानगरपालिकाले चोक चोकमा आगो बाल्ने न्यानो अभियान सुरु गरेको छ ।
केही दिनयता अत्याधिक चिसो बढेपछि ताप्ने प्रयोजनका लागि उपमहानगरले दाउरा वितरण गर्न सुरु गरेको हो । बुधबार त नगर प्रहरीले नै नगरका झन्डै दुई दर्जन चोकमा बुढामा आगो बालेको थियो ।
नगर प्रहरी प्रमुख सूर्य बोगटीका अनुसार नेपालगन्जका गणेशमान चोक, वीपी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक, चारबाहिनी चोक, भेरी अस्पताल, बसपार्क, नेपाली कांग्रेस, एमाले र जसपा पार्टी कार्यालय अगाडि, बाँके जिल्ला अदालत परिसर, औद्योगिक क्षेत्र अगाडि, भुजई गाउँ चोक, सडक विभाग कार्यालय, विशाल चोक, विकास नगर चोक कारकाँदो प्रहरी बिट, खजुरारोड पिपलचौतारा, गुलरिया बसपार्क प्रहरी बिट, चिडिमार टोल, खजुरा रोड शिव मन्दिर र वडा नम्बर १ स्थित शिवराम मन्दिरमा दाउरा वितरण गरिएकोे हो । मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको छ ।

नेपालगन्जका विभिन्न चोकमा आगो बाल्दै नगर प्रहरी । फोटोहरु सौजन्य : नविन गिरी