जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । चिसो बढेसँगै न्यानो कपडा वितरण गरेर जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरिएको हो । टीकापुर नगरपालिका वडा न ७ को आयोजनामा जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्ति सम्मान कार्यक्रम अन्तरगत एक लाख दश हजार बराबरको बजेटमा जेष्ट नागरिक ५६,पूर्ण अशक्त ११ र ग वर्ग का अपाङ्गता भएका ब्यक्ति ७ गरि ७४ जनालाई सम्मान गरिएको टीकापुर नगरपालिका वडान ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले जानकारी दिए ।