सगरमाथा युथ र युनाइटेड एकाडेमी फाइनलमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा नगरपालिका वडा न ८ बटनपुरमा जारी खुल्ला फुटबल प्रतियोगितामा फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लब ब् र युनाइटेड एकाडेमी फाइनलमा पुगेका छन् ।
सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुर प्रवासी समितको सहयोगमा सञ्चालन भएको फुटबल प्रतियोगितामा सगरमाथा युथ क्लबले मिलन चोक युवा क्लब टीकापुरलाई ३ २ गोल अन्तरले पराजित गरेर फाइनल यात्रा सुरक्षित गरेको हो । मंगलबार नै युनाइटेड एकाडेमी स्कुल टीकापुरले ४ जीआरबीचलाई पेनाल्टी सुटआउटमा पराजित गरेर फाइनलमा पुगेको थियो । शनिबार फाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष योगेन्द्र साउँदले जानकारी दिए । विजेता टिमले ५१ हजार रुपैयँ र उपविजेताले ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव शेरबहादुर ठकुल्लाले बताए ।