प्रहरी समुदायको साथी !

रमेशकुमार यादव । कम्दी
बाँकेको कम्दी क्षेत्रका स्थानीयले नेपाल प्रहरीलाई शासक र प्रशासक जस्तो नभइ साथीको रुपमा व्यवहार गरे साझेदारी हुने बताएका छन् ।
इलाका प्रहरी कार्यालय बनकटी ‘क’ले शनिबार स्थानीय अगुवासँग गरेको छलफलमा यस्तो सुझाव दिएका हुन् ।
इप्रकाका इन्चार्ज बिष्णु शाहीले नेपाल प्रहरी समुदायको साथी नै भएको र मुस्कान सहितको सेवा दिने बताएका थिए । उनले जनतालाई शान्ति, सुरक्षा र न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । चौकीमा प्रहरीलाई उचित बासस्थानको अभाव रहेको र कार्यक्षेत्र ठूलो भए पनि सुरक्षा व्यवस्थाको लागि सक्दोे प्रयास गर्ने बताएका थिए ।

इप्रका बनकट्टीले डुडुवा गाउँपालिकाको वडा नंं ४ र ५ का नेता, जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, पत्रकार, सर्वदलीय र सर्वपक्षीय रुपमा छलफल गरेको थियो ।