प्रेस चौतारी बाँकेद्वारा पत्रकार अधिकारी र केसी पुरस्कृत

नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
प्रेस चौतारीको २५औं स्थापना दिवसको अवसरमा आइतबार बाँकको डुडुवा गाउँपालिका-५ नानापुरस्थित सिद्धि विनायक लायन्स पार्कमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार कृष्ण अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार र रेडियो पत्रकार धना केसीलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी जनही ५ हजार ५ सय रुपैयाँ रहेको छ । चौतारी स्थापना दिवसको अवसरमा एमाले नेता र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलिएको थियो । यसअघि शनिबार महिला पत्रकार र शिक्षिका बीचमा फुटसल खेलाएको थियो ।