३० ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनीबाट प्रहरीले ३० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
भजनी नगरपालिका वडा न ३ कुसुमघाटस्थित नेपाल भारत सीमा नाकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । शनिबार दिउँसो करिब ४ बजे टीकापुर नगरपालिका वडा न ८ बटनपुरका आकाश चौधरीले चलाएको से ५ प २०८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटर साइकल पछाडि सवार टीकापुर ७ प्रतिपुर घर भएकी सिवास्नी चौधरीको साथबाट ३० दशमलव ५७ ग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।