टीकापुरबाट ब्राउन सुगरसहित २ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्धव भाटका अनुसार बुधबार साँझ ५ः३० बजेको टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित सडक खण्डबाट टीकापुर १ ब्लक नं. २४ बस्ने वर्ष १९ को प्रमोद बराल र टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला बस्ने वर्ष ३३ को लिलेन्द्रकुमार थापालाई ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले बरालको साथबाट कालो प्लाष्टिकको पोका थान ४ (चार) कुल तौल ३४० मिलिग्राम ब्राउन सुगर र नगद रकम १३ हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । दुबै जनालाई जिल्ला अदालत कैलालीबाट ५ दिनको म्याद थप गरि अनुसान्धान गरिरहेको इप्रका टीकापुरले जनाएको छ ।