कल्पवृक्षको विरुवा रोप्न लुम्बिनी पुगे हरित अभियन्ता हेमन्त

नेपालगन्ज : हरित अभियान्ता हेमन्तराज काफ्ले लुम्बिनीमा पुगेर कल्पवृक्षको बिरुवा लगाएका छन् ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुदीन मुसलमानको आतिथ्यमा काफ्लेले लुम्बिनी विकास कोषको बोटानिकल पार्कमा कल्पवृक्ष र सितलचिनिको बिरुवा लगाइका हुन् । कल्पवृक्षको बिउ जर्मनीबाट साधना राना अधिकारीले हरित अभियान्ता काफ्लेलाई उपलब्ध गराएकी थिइन् ।
शान्तिको लागि हरित बिगुल बजाउन कल्पवृक्ष बिरुवा लगाएको काफ्लेले बताए । उनले लुम्बिनीमा सितलचिनिको बिरुवा लगाउन पनि नगर प्रमुख मुसलमानलाई उपहार दिएका थिए । कार्यक्रममा अमेरिकी नागरिक प्याट्रीक चाउले सितलचिनिको फाइदाको बारेमा जानकारी गराएका थिए । उनले १९ वटा देशमा मोरिङ्गा अभियान आफ्नै एकल प्रयासले गरेको बताए । कियोनका सन्तोष सापकोटाले संंस्कृतमा शान्तिपाठ गरेर संकल्प गरी कल्पवृक्ष रेखदेख गर्दा लाग्ने सम्पूर्ण खर्च कियोनले बेहोर्ने बताए । कार्यक्रममा सुजु हर्बलका सरोज पन्थी, हुमबहादुर बोहरा, आशिष बराल , गोविन्द कँडेल र पुष्प सापकोटाको उपस्थित थियो । लुम्बिनी विकास कोषका वनस्पति विभागका कमलेश वर्माले कल्पवृक्ष जस्तोे धार्मिक विरुवा आफ्नो हातबाट लगाउन पाउँदा खुसी व्यक्त गरे ।