बाँकेमा हाते कढाइ र बुटिक तालिम सुरु

नेपालगन्ज : बाँकेको नेपालगन्जमा हाते कढाइ तथा बुटिक तालिम सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज समितिले आयोजना गरेको २० दिने आधारभूत हाते कढाइ तथा बुटिक तालिमको नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गरेका हुन् । उद्घाटन शत्र घरेलु नगर समिति अध्यक्ष दिला शाहको सभापतित्वमा सम्पन्न भएको थियो । तालिममा २५ जना प्रशिक्षार्थी छन् ।