आज चैते दशैं, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

नेपालगन्ज : नवदुर्गा भवानीको पूजा आराधना गरी बुधबार चैते दशैं पर्व मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ ।

नेपालगन्जको बागेश्वरीसहित विश्वभरका शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्छ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । रामलाई विष्णुको सातौँ अवतार मानिन्छ । श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । हिन्दूधर्मावलम्बीहरुले असोज-कार्तिकको दशैंलाई बडादशैं र चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैंका रूपमा मनाउने गरिएको छ ।