‘अनलाइन मिडिया दर्ता गरेर मात्र चलाऔं’

नेपालगन्ज : अनलाइन मिडिया दर्ता गरेर मात्र सञ्चालन गर्न बाँकेका पत्रकारले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेले महासंघको ६८ स्थापना दिवसको अवसरमा बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकारितामा नयाँ माध्यमका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा दर्ता बिना नै समाचारमूलक अनलाइन मिडिया सञ्चालन भइरहेको भन्दै वक्ताहरुले जोड दिएका हुन् । अनलाइनमा अरुका समाचार र फोटो हुबहु नक्कल नगरेर स्र्रोत उल्लेख गर्न पनि पत्रकारको सुझाव थियो ।
महासंघ बाँके शाखाका उपाध्यक्ष संगीन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्वअध्यक्षहरु नीरज गौतम र रुद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचि नविन गिरी, वीरेन्द्र जैसी र कृष्ण अधिकारी न्यु मिडिया (सोसल मिडिया)बाटै डलर आम्दानी गर्न सक्ने भएकाले सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिएका थिए ।