बाँकेका सञ्चारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज : बाँकेका सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम नेपालगन्जमा सुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेशन नेपाल, नेपालगन्जले आयोजना गरेको १० दिने तालिमको लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाले सोमबार नेपालगन्जमा उद्घाटन गरेकी हुन् । प्रदेशसभा सदस्य समेत रहेकी नमुनाले तालिम लिएपछि लेखन क्षमता विकास गर्न पत्रकारसँग आग्रह आग्रह गरिन । उनले आगामी दिनमा पनि प्रदेश सरकारबाट क्षमता अभिवृद्धिका कार्यक्रममा सघाउने बताइन् । उनले भनिन्, ‘दबिएका आवाजहरुलाई बुलन्द गर्नु हुनेछ । अन्यायमा परेकाहरुलाई न्याय दिलाएर तपाईको कलमले पीडितलाई राहात महसुस गर्नेछन् । त्यो खालको क्षमता विकास गर्न मेरो सधैं साथ र सहयोग हुनेछ ।’

बिरमी चन्द्र फाउन्डेशन नेपालका अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन शत्रमा फाउन्डेशनका उपाध्यक्ष आलम खानले स्वागत र प्रमुख प्रशिक्षक हेमन्त कर्माचार्यले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए । पहिलो दिन प्रमुख प्रशिक्षक कर्माचार्य र पत्रकार शंकरप्रसाद खनालले सहजीकरण गरेका थिए । तालिममा बाँकेलाई कर्मथलो बनाएर टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गर्ने ४० जना सञ्चारकर्मी सहभागी छन् ।