‘नरैनापुरका नाम मात्रका मदरसा खारेज गरिने’

नेपालगन्ज : बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई आसन्न शैक्षिक शत्रदेखि खारेज गर्ने बताएका छन् ।
नरैनापुर शिक्षा समितिको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् । नरैनापुरमा सामुदायिक विद्यालय भन्दा मदरसाको संख्या धेरै छ । गाउँपालिकामा ३० मदरसा र २१ सामुदायिक विद्यालय छन् ।
शिक्षा शाखा प्रमुख कृष्ण थारुले मदरसा शिक्षालाई गाउँपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने चेतावनी दिएका छन् । शिक्षा समितिको बैठकले आगामी शुक्रबारदेखि नरैनापुरका ६ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ ।