नेपालगन्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम

नेपालगन्ज : बाँकेमा बैशाख महिना लागे यता दिनप्रतिदिन तापक्रम बढ्दो क्रममा छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार नेपालगन्जको तापक्रम ४०.५ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलबार सबैभन्दा धेरै तापक्रम भैरहवामा ४२.४ मापन गरिएको छ । त्यसपछि जनकपुरमा ४०.८ र सिमरामा ४०.३ मापन गरिएको छ । चर्को गर्मीसँगै तराईका जिल्लामा तातो हावा (लु) चल्न थालेको छ ।