सहयोगी मन बाँकेद्वारा राप्ती नदीको सिधनीया घाट सरसफाइ

नेपालगन्ज : सहयोगी मन बाँकेले राप्ती नदीको सिधनीया घाटको सरसफाइ गरेको छ ।
सहयोगी मनका अध्यक्ष इन्दिरा शाहीको नेतृत्वमा संस्थाका पदाधिकारी तथा सदस्यहरुले सोमबार राप्ती नदीको उत्तर तिरको दाहसंस्कार गर्ने ठाउँको र पुलको दक्षिणी किनारको मन्दिर परिसरको सरसफाइ गरेका हुन् ।
‘दाहसंस्कार गर्ने स्थानमा मरेको मानिसका लुगालत्ता प्लास्टिकका बोतलहरु, मन्दिरमा पूजापाठ गर्ने ठाउँमा पूजा गरेर फालेका दुनाटपरी, संकलन गरेर आगो लगाएर जलाएर सफा गरेका हौं’, अध्यक्ष शाहीले भनिन्, ‘सिधनीया घाटमा मलामी जाँदा फोहोर देखेर सफा गरेका हौं । अबदेखि हरेक महिनाको एक पटक सरसफाइ अभियान चलाउने छौं । स्थानीय तहसँग सहकार्य गरेर त्यहाँको ब्यवस्थापन गर्ने हाम्रो योजना छ ।’