पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन

नेपालगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।
नागरिक अभिनन्दन मूल समारोह समिति नेपालगन्जले रामलीला मैदानमा बुधबार नेपालगन्जमा पूर्वराजा शाहलाई अभिनन्दन गरेको हो । मूल समारोह समितिको तर्फबाट बाँके क्षेत्र नं. १ का सांसद डा.धवल शम्शेर राणासहित बाँके र बर्दियाका विभिन्न २१ वटा संस्थाले पूर्वराजालाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । अभिनन्दन समारोहमा पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी लगायत राजपरिवारका सदस्यहरु सहभागी थिए । सिमसिमे पानी परिरहँदा पनि पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन सुन्न समर्थकहरु कुरेर बसेका थिए । उनीहरुले राजसंस्था र हिन्दुराज्यको माग गर्दै नारा लगाएका थिए ।