जनमत त्रैमासिक रक्तदान श्रृङ्खलाको १७ वर्ष पूरा

नेपालगन्ज : बाँकेको एक मात्र अर्ध्द साप्ताहिक जनमत पत्रिकाको त्रैमासिक रक्तदान श्रृङ्खलाको १७ वर्ष पूरा भएको छ ।
जनमत पत्रिकाको रजत वर्ष-२०६३ वैशाखदेखि नियमित रुपमा निरन्तर सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रममा करिब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुके बताउँछन् ।
जनमतको शुक्रबार नेपालगन्जमा ५६औं श्रृङ्खलामा पत्रकार, व्यवसायी, शिक्षक, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, खेलाडी लगायत ४४ पुरुष र ७ महिला गरी ५१ जनाले शुक्रबार रक्तदान गरेका हुन् । यो रक्तदान श्रृङ्खलामा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेले सहकार्य गरेको थियो ।
शिखर प्लाइका सञ्चालक उद्योगपति चम्पालाल बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज केन्द्रिय सदस्य गोविन्द वाग्ले, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, र जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय सदस्य गोविन्द वाग्ले, प्रतिष्ठित उद्योगपति तथा समाजसेवी चम्पालाल बोथरा, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, उपाध्यक्ष मनबहादुर केसी “निशान”, समाजका कार्य समिति सदस्य होमराज गिरी, अन्नपूर्ण पोष्ट दैनिकका उप सम्पादक तथा मेरो खुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे र दलित महिला संघ (फेडो) की प्रतिभा गुर्तालले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम संयोजक पवन जायसवालका अनुसार नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, बाँके जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, राम सुहावन सोनकर, उर्दू साहित्यकार असफाक संघर्ष ताविस, सुश्री स्मारिका श्रेष्ठ, सुश्री स्वेता विष्ट, शिक्षिका धर्मेन्द्र सिंह, राजितराम यादव, जवाहरलाल वर्मा, रिसमान चौधरी, सञ्जय भण्डारी, राम गोपाल कुर्मी, सञ्जय बढही, उद्धवराज गुरुङ्ग, प्रितम केसी, जितेन्द्र राँढ, राजेशकुमार ओली, ओमकार वर्मा, गोविन्द नाउँ, विकास वर्मा, कञ्चन बिसी, देवेन्द्र कुमार यादव, सुनिल कुमार साहू, विजय प्रसाद मुराऊ, ओमराज डाँगी, धमेन्द्र कुमार वर्मा, गौतम प्रसाद तमोली, घनश्याम चौहान, प्रदीप वर्मा, चौरसिया समाज बाँकेका तिरथराम तमोली, दिनेश प्रसाद तमोली, विनोद कुमार तमोली, पप्पु तमोली, राष्ट्रिय खेलकुद परिषद्का राजेश शाक्य, अशोककुमार मौर्या, अजय मौर्या, हिरालाल मौर्या, प्रकाश थापा, लवराज खरेल, पँकिता सिंह, लगायतले रक्तदान गरेका थिए ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, होमराज गिरी, सुनिल थापा मगर, सञ्जय बढही, सुनिता कुमाई, पुनम थापामगर, केशर सिंह डाँगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।