लायन्स क्लब अफ इन्नोभेटिभको अध्यक्षमा चन्द
नेपालगन्ज : लायन्स क्लब अफ इन्नोभेटिभ नेपालगन्जको अध्यक्षमा सुशीला चन्द निर्वाचित भएकी छन् ।
नेपालगन्जमा सोमबार बसेको क्लबको बैठकले वर्ष २०२३/०२४ का लागि चन्दको नेतृत्वमा सर्वसम्मत् रुपमा समिति चयन गरेको हो । क्लबको सचिवमा मीना तुलाधर र कोषाध्यक्षमा शोभा श्रेष्ठ चयन भएका छन् ।
क्लबको प्रथम र द्वीतिय उपाध्यक्ष भने पछि चयन गरिनेछ । नवनिर्वाचित अध्यक्ष चन्दलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकालले बधाइ दिएका थिए ।
क्लबको बैठकले लियो एड्भाइजरमा क्लबका निवर्तमान अध्यक्ष विष्णु खनाललाई जिम्मेवारी दिएको छ ।
सोही अवसरमा गर्भनर ढकालले क्लबका निवर्तमान अध्यक्ष विष्णु खनाललाई ब्लड डोनेसन डिपार्टमेन्टको सदस्य र पूर्वअध्यक्ष किशोर आचार्यलाई ग्लोबल सर्भिस चिफको जिम्मेवारीमा मनोनयन गरेको प्रमाणपत्र प्रदान गरेका थिए ।