सोमबार पनि नेपालगन्जमा देशमै सबैभन्दा बढी तापक्रम

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सोमबार पनि देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्जमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २६ डिग्री सेल्सियस मापन गरिएको हो । जुन अधिकतम् तापक्रमभन्दा एक डिग्री सेल्सियस कम र न्यूनतम् तापक्रम भने एक डिग्री सेल्सियस बढेको छ ।
नेपालगन्जपछि दीपायलमा ३९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । आइतबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस र २५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।