बारबर्दियामा सिकाइ सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा सिकाइ सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको छ ।
बारबर्दिया शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)ले उपचारात्मक कक्षा सञ्चालन गर्ने शिक्षकहरुका लागि उपचारात्मक कक्षा आवश्यकता, महत्व, सञ्चालनको विधि र कार्ययोजना सहित अभिमुखिकरण सम्पन्न गरिएको छ । यस अभिभमुखिकरणमा ११ वटा परियोजना बिधालयका गणित, अग्रेजि, बिज्ञान. र सामाजिक विषयगत शिक्षकको सहभागिता रहेको थियो । तालिमको को सहजिकरण वारबर्दिया नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखा प्रास खुमराज काप्लेबाट सहजिकरण गरेका थिए । बर्दियाका बारर्दिया, मधुवन ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा का ४३ वटा परियोजना सञ्चालन भएका सामुदायिक विद्यालयमा बालबिबाह न्यूनिकरण परियोजना मार्फत उपचारात्मक कक्षाद. सञ्चालन गर्न गइरहेको छ ।