मगरको नेतृत्वमा नेपाल स्वयंसेवी रक्तदाता समाज खजुरा उपशाखा गठन

नेपालगन्ज : बाँकेको खजुरामा विकास काउचा मगर अध्यक्ष रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज उप शाखा समिति गठन गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, समाजका जिल्ला शाखा सल्लाहकार पूर्णलाल चुके, समाजका जिल्ला कोषाध्यक्ष मनमोहन वर्मा र जिल्ला सदस्य होमराज गिरीलगायतको उपस्थितिमा स्वयंसेवी रक्तदाताहरुको बिहीबार खजुरामा सम्पन्न भेलाले मगरको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत् रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्ष अरुणा गुरुङ, सचिव गौरव सापकोटा र कोषाध्यक्ष विश्वास कक्षपति चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सूर्यप्रसाद नेपाली, सुजाता खरेल, वसन्त भण्डारी, जीवन यादव, रविना खड्का, अस्मिता ओली र विजय केसी रहेका छन् । अमित लामा र सुभाष निरौलालाई सल्लाहकारमा चयन गरेको छ ।