मनमोहक रारा किनारमा योग र ध्यान

मुगुको राराताल किनारमा योग ध्यान शिविर सञ्चालन हुँदै । फोटोहरु : काव्य लम्सालको फेसबुकबाट

मुगु : मुगुको राराताल किनारमा योग ध्यान शिविर गरिएको छ ।
अन्तराल मिडिया, नेपालगन्जको आयोजना तथा मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटको अवसरमा द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्सालले दुई दिने योग तथा ध्यान शिविर सञ्चालन गरेका हुन् ।

योग प्रशिक्षक लम्सालले स्थानीयलाई स्वस्थ शरीर र सफल जीवनशैैलीका लागि योग साधना तथा ध्यानको महत्व बुझाउँदै योगाभ्यास गराएका थिए ।

सोही अवसरमा रारा तालको किनारमा कर्णाली सभ्यता, साहित्य, संस्कृति, योग, ध्यान र सुन्दरतामाथि सञ्चारकर्मी डा. नवराज लम्साल, नेपाली कवि, लेखक, पत्रकार र सुरेश चन्द्र रिजाल जोतिष र योग प्रशिक्षक काव्य लम्सालबीच बहस भएको थियो ।