अन्तरविद्यालय पौडी प्रतियोगितामा रमाए विद्यार्थी (फोटो फिचर)

नेपालगन्ज : ओलम्पिक डेको अवसरमा शनिबार नेपालगन्जमा पौडी प्रतियोगिता आयोजना गरिएको छ ।

नेपालगन्जको कारकाँदोस्थित होटल सिद्धार्थको स्वीमिङ पुलमा शनिबार अन्तरविद्यालय पौडी प्रतियोगिता आयोजना गरिएको हो । पौडी प्रतियोगितामा विभिन्न विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो ।

विजेता खेलाडीहरुलाई बाँके जिल्ला पौडी संघका अध्यक्ष गोबद्र्धन सिंह सम्झना लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।