इस्लाम धर्मालम्बीको बकर इद सुरु

नेपालगन्जको वीपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढ्दै बाँकेका मुस्लिम धर्मालम्बीहरु । फोटो : साहिल अन्सारीको फेसबुकबाट

नेपालगन्ज : इस्लाम धर्मालम्बीको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर इद) बाँकेलगायत विश्वका मुस्लिम समुदायले मनाउन सुरु गरेका छन् । बकर इद तीन दिनसम्म मनाइन्छ । रमदान महिना भर उपवास बसेर इदगाहमा सामूहिक नामज पढेर इद मनाएको ठिक ७० दिनपछि बकर इद मनाइन्छ । नेपालगन्जको वीपी चोकस्थित इदगाह लगायत जिल्लाका सबै मस्जिदमा बिहीबार बिहान सामूहिक नमाज पढिएको थियो ।
सामूहिक नमाज पढे लगत्तै खसी, भेडा, दुम्बा, भैसी, राँँगा, उँटजस्ता जनावरको कुर्बानी (पशुवली) दिइन्छ । बलि दिएको मासु तीन भाग गरी एक भाग गरीबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन छ । बकर इँदको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।