लायन्स क्लबका ९० अध्यक्षलाई क्षमता विकास तालिम

नेपालगन्ज :लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले ९० क्लबका अध्यक्षलाई क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ ।
नेपालगन्जको कारकाँदोस्थित होटल सिद्धार्थ भ्यूमा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिने दुई दिने गभर्नर पे्रसिडेन्ट मिट प्रोेग्राम शुक्रबारदेखि सुरु भएको हो । पे्रसिडेन्ट मिट प्रोेग्राममा डिस्ट्रिक ३२५ एनका नवनिर्वाचित गभर्नर मुकुट ढकाल र डिस्ट्रिक ३२५ अन्तर्गतका विभिन्न जिल्लाका क्लबका अध्यक्षहरु बैठकमा सहभागी भएका छन् ।
पूर्वडिस्ट्रिक गभर्नर सेम शाक्यले जनताले महसुस हुने गरी लायन्स क्लबले सेवाको कामहरु गर्न आग्रह गरेका थिए । उनले हरेक क्लबले आफ्नो कार्यकालमा केही भिन्न कार्यक्रम गर्न पनि उत्प्रेरित गरे । विश्वका २१२ देशमा रहेको लायन्स सेवाभावले सर्वोत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको उनले दाबी गरे । विश्वमा लायन्स स्थापना भएको १०५ वर्ष र नेपालमा ५३ वर्ष भएको अवसरमा शिक्षा, स्वास्थ्य, भोकमरी र दैवी प्रकोपको बेलामा मानवीय क्षेत्रमा काम गरेको बताए ।
पूर्वडिस्ट्रिक गभर्नर मधुसुधन शर्मा रिजालले लायन्स क्लब किन र संगठनको भूमिकाका बारेमा ध्यानाकर्षण गरेका थिए । समाजलाई रुपान्तरण र समाज परिवर्तनका लागि लायन्स आवश्यक रहेको बताउँदै उनले आफूले कमाएको दुुई पैसा अरुलाई सहयोग गर्ने रहेको बताए । हरेक क्लबले हरेक वर्ष कार्ययोजना र कार्यक्रम बनाउन सके मात्र सफलता पाइने बताए ।
कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक पूर्वगभर्नर डीके ढुंगानाले आपूmभित्रको क्षमता कसरी जान्ने र सदुपयोग गर्नेबारे प्रशिक्षण दिएका थिए । उनले क्लबका अध्यक्षलाई आफ्नो शक्ति र सामथ्र्य बुझ्न विभिन्न प्रक्रियाले उत्प्रेरित गरेका थिए ।
सो अवसरमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका गभर्नर मुकुट ढकालले लायन्सको महत्वबारे प्रकाश पार्दै सामाजिक विकासमा लायन्सको भूमिकाबारे क्लब अध्यक्षलाई ध्यानाकर्षण गरेका थिए । उनले एक वर्षे कार्ययोजना बनाएर काम गर्न पनि सुझाव दिएका थिए ।
डिस्ट्रिक सेक्रेटरी उमा थापा मगरले नेतृत्व विकासका विषयमा प्रशिक्षण दिएकी थिइन् । दुई दिने कार्यक्रममा द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्साल र रमण भट्टराई नेपालीले सकाात्मक सोच सम्बन्धी विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ । आइतबार दिउँसो बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा रहेको लायन्स गाभर पार्कमा वृक्षारोपण गरेर कार्यक्रम सम्पन्न हुनेछ ।
गभर्नर पे्रसिडेन्ट मिट प्रोग्राममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एन अन्तर्गत रहेका काठमाडौं, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, सुर्खेत, जुम्ला, अछाम, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका लायन्स वर्ष ०२३÷२४ का लागि क्लबका नवनिर्वाचित ९० जना अध्यक्षको सहभागिता रहेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका विभिन्न जिल्लामा गरी ११० वटा क्लब छन् ।