विपद् व्यवस्थापन गर्न सशस्त्रले खटायो सातै प्रदेशमा गोताखोर

नेपालगन्ज : सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका लागि देशका सातै प्रदेशमा गोताखोर खटाएको छ ।
सशस्त्र प्रहरीको प्रधान कार्यालयका सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको हो । जस अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशी स्थित नं. १ बराहबाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सह प्रवक्ता थापाले बताए ।
कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम डीआरएस कन्टेनरहरु समेत तयारी हालतमा राखिएको छ ।
त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति सहित नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रुपन्देही, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं। २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको छ ।
डिएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नं। १ बराह बाहिनी महोत्तरी, नं। २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं। ४ मुक्तिनाथ बाहिनी कास्की, नं। ६ महेश्वरी बाहिनी सुर्खेत, नं। ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरण सहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित रहेको समेत उनले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सातै वटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं। २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन वेशहरु मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरण सहित खटिएको छ ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक एक प्लाटुन, नं।. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक एक प्लाटुन, सम्पूर्ण गणहरुमा एक एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक एक सेक्सन आवश्यक सामग्रीसहित तयारी हालतमा राखिएको छ । साथै बाढिका कारण पानीका श्रोतहरुमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एकरएक गरी १२ वटा स्थानमा डिप ट्यूवेलसहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ ।