४३ ग्राम ब्राउन सुगरसहित २ भारतीय पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ४३ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उत्तर प्रदेशको बहराइच जिल्लाको रुपैडिहा बस्ने वर्ष १९ को जुनेद राई र वर्ष १९ को सलमान अलीलाई जमुनाहा नाकाकम चेकजाँच गर्दा राईले लगाएको पाइन्टको बायाँ खल्तीभित्र लुकाइ ल्याउँदै गरेको ब्राउन सुगर बरामद गरिएको जिप्रका बाँकेले जनाएको छ ।, दुबैै जना विश्रद्ध प्रहरीले अवाश्यक अनुसन्धान अघि बढाएको छ ।