राजापुरका किसानको गुनासो, कृषि उपजले उचित मूल्य पाएन

शोभा कोइराला राजापुर
बर्दियको राजापुर नगरपालिका ४ संघर्षनगरकी छम्की थारु आफूले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा सधैं खिन्न हुन्छिन् । “अटोमा बजार लग्यो । उचित मूल्य पाइँदैन”, उनले दुःखेसो पोखिन्, “बेसार खेती पनि गरेकी छु तर लगानी अनुसारको मूल्य नपाउँदा तरकारी कुहिने अवस्थामा छ ।”
छम्की मात्र होइन, आफुहरुले उत्पादन गरेका कृषि उपजले उचित बजार मूल्य र बजारीकरण नहँदा राजापुरका किसान चिन्तीत बनेका हुन् । आफहरुले उत्पादन गरेका कृषि उपजको स्थानीय स्तरमै संकलन केन्द्र सञ्चालन गर्न समेत किसानहरुले माग गरेका छन् ।
कमैया महिला जागरण समाज नेपालले शुक्रबार राजापुरमा आयोजना गरेको अर्गानिक कृषि उत्पादन बजारीकरणका लागि आयोजना गरेको बजार संवादका सहभागी किसानले यस्तो बताएका हुन् । सहभागीहरुले सिँचाइको समस्याका कारण उत्पादन गरेका मौसमी बेमौसमी खेर गइरहेको भन्दै पालिकाले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बर्दिया उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार रेग्मीले पालिकाले कृषकहरुका लागि बजारीकरणका साथै कृषि उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरीनु पर्ने धारणा राख्नु भयो । राजापुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष असराज न्यौपानेले सहभागी किसानहरुले समूह बनाएर पालीकामा आए नगरले सम्वोधन गर्ने बताए । उनले भने “तपाईहरु समूह बनाएर मागसहित आउनुहोस् ।”कृषि उत्पादनले प्रत्यक्ष मानव जीवनमा असर गर्ने हुनाले रसायानिक भन्दा अर्गानिक कृषी उत्पादनलाइ बढि जोड दिन समेत प्रवक्ता न्यैपानेको आग्रह छ । स्थानीय किसान, कृषि सेवा कार्यलयका प्रतिथ:धी, वडा प्रतिनीधि पत्रकार समिलीत कार्यक्रमलाई कमैया महिला जागरण समाज नेपालका सामाजिक परिचालक सरस्वती चौधरीले सहजीकरण गरेकी थिइन् ।