बी ग्रुपले बनायो, स्कुलमा हात धुने स्थान

भुरिगाउँ (बर्दिया) : भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) नेपालगन्जले बर्दियाको ठाकुरबाबा नगरपालिकाको एक सामुदायिक विद्यालयमा हात धुने स्थान निर्माण गरेको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरको शिव सुन्दर माध्यमिक विद्यालयलाई झन्डै तीन लाख रुपैयाँको लागतमा हात धुने स्थान निर्माण गरेर हस्तान्तरण गरेको छ । प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाले बालबालिकाहरुका लागि दुई लाख ९३ हजार ८२५ रुपैयाँको लागतमा निर्माण गरि हात धुने स्थान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कलमबहादुर विष्टलाई हस्तान्तरण गरेको हो । धारा एकैपटक २० जना सम्म विद्यार्थीले प्रयोग गर्नसक्छन् ।