अघिल्लो निर्वाचनमा २७६ मतले पराजित ललित रौनियार फेरि बने अध्यक्षको उम्मेदवार !
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका तीन वर्ष अघि पराजित ललित रौनियारलाई नै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले अध्यक्षको उम्मेदवार बनाएको छ ।
समूहले बिहीबार नेपालगन्जमा उम्मेदवार घोषणा गरेको हो । संघको १३ माघ २०७६ मा सम्पन्न निर्वाचनमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’सँग रौनियार २७६ मतान्तरले पाजित भएका थिए । चुन्नाले एक हजार ५१० मत प्राप्त गरे भने रौनियारले एक हजार २३४ मत प्राप्त गरेका थिए । यस पटक फेरि रौनियारको प्रतिष्पर्धा समावेशी प्यानलका टंकबहादुर धामीसँग हुँदैछ । प्यानलमा उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक वेहना उपाध्यक्ष (उद्योग) र करिश्मा योगी (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ । यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उपमहासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको नाम घोषणा गरिएको छ । त्यसैगरी संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुलकुमार गुप्ता, बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।
यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।समावेशी प्यानलमा झन्डै आधा दर्जन विभिन्न व्यवसायिक संस्थाको सहकार्य भएकाले अघिल्लो निर्वाचनभन्दा बलियो देखिएकाले रौनियारलाई यो निर्वाचनमा पनि कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने चर्चा बजारमा छ ।