शोकमा नेपालगन्ज, दाह संस्कारमा हजारौं

नेपालगन्ज : भारतको श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा कार दुर्घटनामा ६ जनाको मृत्यु भएपछि नेपालगन्ज शोकमा डुबेको छ ।
शनिबार साँझ दुर्घटना भए पनि आइतबार दिउँसो शव नेपालगन्ज ल्याइएको थियो ।

Photo Yatra Media

शनिबार रातिदेखि नेपालगन्जका सदरलाइन र त्रिभुवन चोकमा शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गर्न ठूलो संख्यामा उपस्थिति भएको थियो । आइतबार साँझ नेपालगन्जको एमपी स्कुल नजिकैको श्यामसान घाटमा दाह संस्कारमा हजारौं नगरवासीको उपस्थिति भएको थियो ।

Photo Yatra Media

दुर्घटनामा परी नेपालगन्जको सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको दाहसंस्कार गरिएकोे थियो भने मृतक वैभवका तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको शव भने श्यामसान घाट क्षेत्रमै गाडिएको थियो ।